नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५१ लाख योगदान
काठमाण्डौ । नागरिक लगानी कोषले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचना, आर्थिक पुनरुत्थान र राहत सम्बन्धी कार्यका लागि नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख योगदान गरेको छ।

