काठमाण्डौ । नागरिक लगानी कोषको सञ्चालक सदस्यमा अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहाल चयन भएका छन्।
अर्थ मन्त्रालयको असोज ७ गतेको निर्णयअनुसार दाहाललाई कोषको सञ्चालक सदस्यमा मनोनयन गरिएको हो। दाहालले असोज १५ गते बसेको कोष सञ्चालक समितिको बैठकमा सञ्चालक सदस्यको पद तथा गोपनीयताको शपथ लिएको लिएका छन् ।
दाहाल हाल अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखामा सहसचिवका रूपमा कार्यरत छन्।
अर्थ मन्त्रालयको आधिकारिक विवरणमा पनि उनलाई सोही जिम्मेवारीमा उल्लेख गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।