शनिबार, असार १४,२०८२ 04:19:53
  • शनिबार, असार १४,२०८२ 04:19:53
Global IME Bank Limited

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ?कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?

Hyundai Nepal
नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी सहभागी हुने ?कति रकम जम्मा गर्दा कति पाइन्छ पेन्सन ?
Nabil Bank Limited

काठमाण्डौ । नागरिक लगानी कोषले अवकाश पछिको वित्तीय आवश्यकता पुरा गर्न ‘नागरिक पेन्सन योजना सञ्चालन गरिरहेको छ । कोषले विस २०७७ सालदेखि यो योजना सञ्चालन गरिरहेको छ ।  

यस योजनामा आय आर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका संघ संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्नेछन् ।    

CG Motors
Muktinath Bikas Bank Limited

बचत गर्न सकिने सीमा ?

योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक रु ५०० देखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने सङ्ख्यामा रकम जम्मा गर्न सक्नेछन्। बचतकर्ताको आम्दानीको आधारमा मासिक/त्रैमासिक/अर्धवार्षिक/वार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने विशेषता रहेको छ। यस्तो किस्ता बुझाउँदा मासिक रु.५०० भन्दा कम नहुनु गरी बुझाउनु पर्नेछ ।    

पेन्सन पाउन योग्य हुने अवस्था ?

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ। बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पश्चात एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्नेछन्। कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने गरी सहभागीले यस योजनामा सहभागी हुन सक्नेछन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.