काठमाण्डौ । नगारिक लगानी कोष(सीआईटी)ले लाभांश घोषणा गरेको छ । कोषको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकलेे गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवको आम्दानी बाँडफाँड हिसाब वितरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत(कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएपछि कोषको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।