शुक्रबार, श्रावण २९,२०८३ 08:51:23
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:51:23
Bizshala
Global IME Bank Limited

सीआईटीको साधारण सभा आज बस्दै, लाभांशको प्रस्ताव पारित गरिने

Prabhu Bank Limited
सीआईटीको साधारण सभा आज बस्दै, लाभांशको प्रस्ताव पारित गरिने
New Office

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । गत असार ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कोषको २९ औं वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  

उक्त सभा आज काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बस्दैछ । उक्त सभामा कोषको सञ्चालक समितिद्वारा गत आव २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

CG Motors

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०७९÷८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात,नाफा÷नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनी तथा सञ्चालकहरुको तर्फबाट १÷१ जना प्रतिनिधि नियुक्त गर्ने  प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले गत असार २० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X