काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक पुगेको छ । पछिल्ला केही दिनयता लगातार मूल्य घट्दै गएपछि सुनको मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक पुग्न लागेको हो ।
केही दिनयता निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज थप ३ हजार ३०० रुपैयाँले घटेर २ लाख ५७ हजार ६०० रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष आजकै दिन सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको थियो । एक वर्ष अगाडिको तुलनामा आज सुनको मूल्य प्रतितोला १५ हजार ३०० रुपैयाँ बढी हो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष आजकै दिन चाँदीको मूल्य प्रतितोला ३ हजार १५० रुपैयाँ कायम भएको थियो । एक वर्ष अगाडिको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँ बढी हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको निरन्तर गिरावटले नेपाली बजारमा पनि असर परेको हो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिनाहरूमा ब्याजदर थप बढाउने अपेक्षासँगै डलर मजबुत बनेपछि सुनको मूल्यमा निरन्तर गिरावट आएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।