शनिबार, श्रावण ९,२०८३ 05:43:33
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:43:33
Bizshala
Global IME Bank Limited

नवनियुक्ति हुने राष्ट्र सेवक कर्मचारीलाई बीमाको रकम जम्मा गर्न नागरिक लगानी कोषको आग्रह

नवनियुक्ति हुने राष्ट्र सेवक कर्मचारीलाई बीमाको रकम जम्मा गर्न नागरिक लगानी कोषको आग्रह
New Office

काठमाण्डौ । नागरिक लगानी कोषले नयाँ नियुक्ति हुने राष्ट्रसेवक कर्मचारीहरुलाई सावधिक जीवन बीमा कोषमा थप प्रिमियम रकम जम्मा गर्न अनुरोध गरेको छ ।  

कोषले नयाँ नियुक्ति हुने राष्ट्र सेवक कर्मचारीहरुले नियुक्ति भएको आवमै नपुग हुने बीमा प्रिमियम वापतको रकम जम्मा गर्न भनेको हो ।

राष्ट्रसेवक कर्मचारीहरूको वार्षिक तोकेको प्रिमियम बराबरको रकम ९ हजार ६०० रुपैयाँ बीमा कोषकट्टी गर्न सुरु गरेको आवभित्र जम्मा भएमा मात्र अर्को आवमा बीमा पोलिसी जारीभई बीमा हुने भएकोले नयां नियुक्ती हुने राष्ट्रसेवक कर्मचारीहरूले नियुक्ती भएको आवमै नपुग हुने बीमा प्रिमियम वापतको रकम जम्मा गर्न आफु कार्यरत कार्यालय मार्फत नागरिक लगानी कोषमा एकमुष्ट जम्मा गर्न कोषले अनुरोध गरेको छ ।  

साथै, रकम जम्मा गरी अर्को आर्थिक बर्ष देखि बीमा सुनिश्चित गर्न सकिने समेत कोषले जनाएको छ । साथै बीमा प्रिमियम रकम नपुगुन्जेलसम्म बीमा नहुने समेत कोषले जनाएको छ ।  

कोषले बीमा कोष संचालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बीमा संस्थानमा बीमा प्रिमियम रकम पठाई राष्ट्रसेवक कर्मचारीहरूको सावधिक जीवन बीमा कोष संचालन गर्दै आईरहेको छ । 

यस अन्तर्गत निजामती सेवाका कर्मचारीहरू, सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरू, नेपाली सेनाका सैनिक कर्मचारीहरू, नेपाल प्रहरीका कर्मचारीहरू, सशस्त्र प्रहरी बलका कर्मचारीहरू र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूले मासिक पारिश्रामिकबाट सावधिक जीवन बीमा कोषको लागि रकम कट्टा गरी त्यति नै रकम नेपाल सरकारबाट थप गरी प्रत्येक महिना कोषमा जम्मा हुँदै आएको आएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.