बुधबार, आश्विन २८,२०८३ 01:08:09
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 01:08:09
Bizshala
Global IME Bank Limited

सीआईटीको १४% बोनस सेयरको प्रस्ताव पारित

Bizshala
सीआईटीको १४% बोनस सेयरको प्रस्ताव पारित
New Office

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी)को २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।  

सभाले आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्टाएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश स्वीकृत भएको छ ।  

त्यसैगरी, आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले वित्तीय बजार र पूँजी बजारमा कोषले नेतृत्वदायी भूमिका खेलेको बताए । उनले मानव संसाधन विकासलाई उच्च प्राथमिकता दिएको बताए । बैंक रिकन्सिलेसन कार्यको लागि छुट्टै टोली बनाई अगाडि बढीरहेको उनले जानकारी दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।  

कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे जानकारी दिए भने सेयरधनीहरुबाट उठाइएका विषयहरु तथा सुझावहरुका सम्बन्धमा थप पुष्टयाई गरे । साथै, कोषको कारोबारलाई क्रमश सूचना प्रविधिमैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरुलाई विस्तार गर्दै लगिनेमा उनले जोड दिए ।    

उनले सेयरधनीहरुको सेयर संख्या विगत दुई वर्षमा ५५ प्रतिशतले बढेको कारण १४ प्रतिशत बोनस दिएको बताए । आगामी दिनमा कोषले १४ प्रतिशतभन्दा तल नआउने गरी बोनस दिने प्रतिवद्धता उनले व्यक्त गरे । कोषको एकिकृत सूचना प्रणाली हालै मात्र सञ्चालनमा आएकोले रिकन्सिलेसन सम्बन्धमा केही समस्या देखिएको बताउँदै उनले भने,‘आगामी वर्षदेखि रिकन्सिलेसन समस्या समाधान हुँदै जाने छ ।’ साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्व ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ ।’

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X