काठमाण्डौ। नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट ठूलो मानवीय र भौतिक क्षति भएको अवस्थामा सरकारको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषले उक्त रकम प्रदान गरेको हो।
नागरिक लगानी कोषका सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सोमबार एक कार्यक्रमबीच १ करोड १ लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
चेक हस्तान्तरण कार्यक्रममा कोष सञ्चालक समितिका सदस्य नारायणप्रसाद घिमिरे तथा निर्देशक शोभा श्रेष्ठको समेत उपस्थिति रहेको थियो।
प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा राज्यलाई सहयोग पु¥याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरिएको नागरिक लगानी कोषले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।