पर्यटक आए तर नाफा आएन, नेप्सेका चार होटल १ अर्बभन्दा बढी घाटामा
काठमाण्डौ । नेप्सेमा सूचीकृत होटल कम्पनीहरूको वित्तीय अवस्था कमजोर देखिएको छ । गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सूचीकृत पाँच होटलमध्ये चार कम्पनीले घाटा व्यहोरेका छन् भने एउटा कम्पनीले मात्र नाफा कमाउन सफल भएको छ । पर्यटन व्यवसायमा सुधारका संकेत देखिए पनि सञ्चालन खर्च, कर्मचारी खर्च, ब्याज लागत, ऋणको भार तथा अन्य वित्तीय दायित्व बढ्दा होटल...

