आईतवार, श्रावण ३१,२०८३ 06:23:24
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 06:23:24
Bizshala
Global IME Bank Limited

पर्यटक आए तर नाफा आएन, नेप्सेका चार होटल १ अर्बभन्दा बढी घाटामा

Prabhu Bank Limited
पर्यटक आए तर नाफा आएन, नेप्सेका चार होटल  १ अर्बभन्दा बढी घाटामा
New Office

काठमाण्डौ । नेप्सेमा सूचीकृत होटल कम्पनीहरूको वित्तीय अवस्था कमजोर देखिएको छ ।  

गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सूचीकृत पाँच होटलमध्ये चार कम्पनीले घाटा व्यहोरेका छन् भने एउटा कम्पनीले मात्र नाफा कमाउन सफल भएको छ ।  

पर्यटन व्यवसायमा सुधारका संकेत देखिए पनि सञ्चालन खर्च, कर्मचारी खर्च, ब्याज लागत, ऋणको भार तथा अन्य वित्तीय दायित्व बढ्दा होटल कम्पनीहरूको नाफामा दबाब परेको देखिन्छ ।  

पर्यटक आगमन र होटलको अकुपेन्सीमा सुधार भए पनि त्यसको प्रत्यक्ष लाभ कम्पनीहरूको नाफामा पर्याप्त रूपमा देखिन सकेको छैन । उच्च सञ्चालन लागतका कारण आम्दानी बढ्दा पनि खर्च व्यवस्थापन गर्न नसक्दा अधिकांश होटलहरु घाटामा पुगेका हुन् ।

गत आवको वित्तीय तथ्याङ्कअनुसार सोल्टी होटल बाहेक सबैले ठूलो नोक्सानी बेहोरेका छन् । सोल्टीले ७६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ तर कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १६.५१ प्रतिशत कम हो ।  

यता तारागाउँ रिजेन्सी होटलले ७० करोड ५७ लाख, सिटी होटलले १७ करोड ३० लाख, होटल फरेस्ट इनले १५ करोड २७ लाख र ओरियन्टल होटलले ४ करोड ७४ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । समग्रमा चार होटल कम्पनीले १ अर्ब ७ करोड रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

वित्तीय तथ्याङ्क केलाउँदा होटलहरुको आम्दानीमा समेत संकुचन आएको छ, जसकारण कम्पनीहरुले करोडौं घाटा ब्यहोर्नुपरेको हो ।  

विशेषगरी ठूलो लगानीमा निर्माण भएका होटलहरूले ऋण तथा ब्याजको भार धान्न नसक्दा वित्तीय अवस्था थप चुनौतीपूर्ण बनेको देखिन्छ ।  

होटल व्यवसायमा प्रतिस्पर्धा बढ्नु, सञ्चालन खर्च महँगिनु र आम्दानीअनुसार खर्चको वृद्धि उच्च हुनु पनि घाटाको प्रमुख कारणका रूपमा देखिएको छ । यसले पर्यटन क्षेत्रको व्यावसायिक गतिविधि बढ्दै गए पनि नेप्सेमा सूचीकृत होटल कम्पनीहरूको वित्तीय स्वास्थ्यमा अपेक्षित सुधार आउन नसकेको संकेत गरेको छ ।  

आगामी दिनमा पर्यटक आगमनसँगै होटलको अकुपेन्सी बढाउने, सञ्चालन लागत घटाउने, ऋणको भार व्यवस्थापन गर्ने तथा आम्दानीका नयाँ स्रोत विस्तार गर्न नसके होटल कम्पनीहरूको वित्तीय दबाब अझ बढ्न सक्ने देखिन्छ ।

CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.