राम्रा बीमा एजेन्ट कसरी चिन्ने ? यी हुन् केही सरल तरिका
काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बीमा गरेकै हुन्छन् । बीमा खरीद गर्नु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो । बढ्दो जोखिमका कारण बीमाको महत्व अझै बढेको छ । हामीमध्ये अधिकांशले अनुमान या त कसैको लहडमा लागेर बीमा खरीद गरिरहेका हुन्छौ । यसो गरी बीमा गर्दा हुने नोक्सानीको भागिदार अरु कोही नभई हामी...