बुधबार, माघ २३,२०८१ 12:36:47
IME remit
  • बुधबार, माघ २३,२०८१ 12:36:47
IME remit
Global IME Bank Limited

राम्रा बीमा एजेन्ट कसरी चिन्ने ? यी हुन् केही सरल तरिका

Hyundai Nepal
राम्रा बीमा एजेन्ट कसरी चिन्ने ? यी हुन् केही सरल तरिका
Nabil Bank Limited

काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बीमा गरेकै हुन्छन् ।  बीमा खरीद गर्नु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो । बढ्दो जोखिमका कारण बीमाको महत्व अझै बढेको छ । हामीमध्ये अधिकांशले अनुमान या त कसैको लहडमा लागेर बीमा खरीद गरिरहेका हुन्छौ । यसो गरी बीमा गर्दा हुने नोक्सानीको भागिदार अरु कोही नभई हामी स्वयम् नै हुनुपर्ने हुन्छ ।  

तपाइँको बीमा एजेन्ट वा सल्लाहकार तपाइलाई सही सूचना प्रदान गर्न र मार्गदर्शन पहिल्याउने मामिालामा तपाइको प्राथमिक स्रोत हुुन् । जहाँ तपाईको एजेन्टले भित्री ह्रदयदेखि नै तपाइको हित चाहन्छ, त्यहीँ धोखा गरेर गलत बिमा भिडाएका कयौ उदाहरणहरु पनि बेला बेला आइरहेका हुुन्छन् । त्यसैले कुनै पनि बीमा एजेन्ट वा प्वइन्ट अफ सेल्स पर्सनबाट बीमा योजना खरीद गर्नुपूर्व निम्न प्रश्नहरु आफूले आफैलाई सोध्नुपर्दछ । ताकि तपाइँले खरीद गर्ने बीमा योजनाबारे तपाइले राख्नु भएका अपेक्षाहरु बारे तपाई स्पष्ट हुन सक्नुहोस् ।

–मेरो वर्तमान र भविष्यका आवश्यकताहरु के–के हुन् ?

–विश्वसनीय बिमा सल्लाहकारको उचित सिफारिस कस्ले गर्न सक्छ ?

–मेरो प्रिमियम राशीको सिमा कति छ ?

एजेन्टमार्फत बीमा योजना खरीद गर्नुुपूर्व यी प्रश्नको जवाफ खोज्न एकदमै महत्वपूर्ण हुने गर्दछ । तपाइँँलाई उपयुुक्त हुुने बीमा योजना खरीद गर्नुूपूर्व विभिन्न बीमा कम्पनी तथा सल्लाहकारसँग बसेर जानकारी लिन सकिन्छ । यहाँ हामी तपाइँँलाई कुनै एजेन्टले तपाइलाई सही सल्लाह दिइरहेको छ कि छैन भनेर कसरी थाहा पाउने भन्ने बारे पनि जानकारी दिंदैछौ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

१. एजेन्टले आफूले गर्नुपर्ने सबै अनुसन्धान गरेको छ कि छैन ?

बीमाको आवश्यकता प्रत्येक व्यक्तिपिच्छे फरक हुने गर्दछ । सम्भावित ग्राहकलाई बीमा योजना दिनुभन्दा पहिले एउटा प्रतिबद्ध एजेन्टले आफ्नो सम्पूर्ण गृहकार्य गरेको हुनुपर्दछ । त्यसैले यस्तो एजेन्ट छान्नुस् जो तपाईको श्रेणीभित्र विभिन्न बीमा योजनाहरुका बारेमा जानकार होस् । यसका साथै उनीहरुलाई तपाइका मनमा उब्जेका प्रश्नहरु सोध्नु पर्दछ, जसले गर्दा तपाइँ पछि निर्धक्क भई आफ्नो बीमा प्रोफाइल एजेन्टलाई प्रदान गर्न सक्नुहुन्छ । सही सल्लाहकारले तपाइको वित्तीय आवश्यकता तपाइँको प्रिमीयम भुक्तानी गर्ने क्षमतालाई सही तरिकाले बुझेको हुन्छ । जसको परिणाम स्वरुप एजेन्टले तपाइलाई यस्तो प्रोडक्ट वा योजना खरीद गर्न सुझाव दिन्छ, जुन तपाइको आवश्यकता र क्षमता अनुरुप हुने गर्दछ ।  

२. राम्रा बीमा एजेन्टले तपाइको कुरालाई विषेश ध्यान दिन्छन

बीमा सल्लाहकार यस्तो हुनुपर्दछ, जसले आफ्नो फाइदा हेर्नुभन्दा पनि तपाइको आवश्यकता पूरा गर्नतर्फ लागोस् । जसले इमान्दारिकताका साथ तपाइलाई उपयुक्त हुने योजना बारे जानकारी देओस् । राम्रो बीमा सल्लाहकारले आफ्नो सम्बन्धलाई सार्थक तुुल्याउन आफ्नो ग्राहकलाई सधै उपयुक्त र फाइदाजनक सल्लाह दिने गर्दछ । यसले दुवै पक्षलाई लाभ पुर्याउँछ, किनकी तपाइको भविष्यको आवश्यकता बीमामार्फत परिपूर्ति गर्न एजेन्टले सही सल्लाह प्रदान गर्नै गर्दछन् ।  

३.राम्रा एजेन्ट इमान्दार हुन्छन्  

एउटा लामो अवधिको योजनाका लागि एजेन्टको सल्लाह मान्नुभन्दा पहिले उसको विगतको कार्य अनुभवको बारेमा प्रश्न गर्नुपर्दछ । जस्तै उसले पहिले कुन कुन कम्पनीमा काम गरिसकेको छ र ती पूर्व कम्पनी छोड्नुको कारण के थियो ? यसले तपाइलाई एजेन्टले प्रत्येक बीमा प्रदायकसँग व्यतीत गरेको अवधिको बारेमा अनुमान लगाउन सजिलो पर्छ । यदि एजेन्टले पटक पटक कम्पनी बदलेको रैछ भने यसबारे तपाइले प्रश्न उठाउन सक्नुहुन्छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.