ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ७% नगद लाभांश पारित
काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा आज सम्पन्न भएको छ । उक्त सभा कमख पोखरीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक...