बुधबार, चैत्र २०,२०८१ 02:36:40
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:36:40
IME remit
Global IME Bank Limited

ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ३.१६% नगद लाभांश पारित

Hyundai Nepal
ज्योति क्यापिटलको साधारण सभा सम्पन्न, ३.१६% नगद लाभांश पारित
Nabil Bank Limited

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा पुस २६ गते बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाण्डौको सभाहलमा सम्पन्न भएको हो ।  

उक्त सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

Shivam Cement
Bizshala
CG Motors

सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यस्तै सभाले आव २०८१/८२ को लागि पीएलआरजी एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्स्लाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभाले सञ्चालक समितिबाट नियुक्त भएका दुई जना स्वतन्त्र सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्तापूँजी २१ करोड रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.