नाडा फस्यो अभूतपूर्व संकटमा, नाइमाजस्तै अर्को संगठन जन्मिन लागेको हो ?
काठमाण्डौ । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) फेरि गम्भीर संकट र फूटको दलदलमा फसेको छ। आगामी पुस २५ गते हुने नयाँ कार्यसमितिको निर्वाचनमा प्रतिष्ठित व्यवसायी घरानाहरूले उम्मेद्वारी नै दर्ता नगरेपछि अध्यक्षसहित सबै मुख्य पदहरूमा न्यूनतम उम्मेद्वारी मात्र परेको छ। नाडाका कुल सदस्यहरूमध्ये आधाभन्दा बढीले सदस्यता नवीकरण नगरेका र...

