मन्दाकिनी हाईड्रोपावर १८.१२% ले नाफा बढाउन सफल, कति छ ईपीएस ?
काठमाण्डौ । मन्दाकिनी हाईड्रोपावर कम्पनी लिमिटेडको आम्दानी र नाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २ करोड ८२ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १८.१२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले २ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।...