काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा शशि धर अर्याल नियुक्त भएक छन् । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सञ्चालक नियुक्त गरेको हो ।
यस्तै सोही बैठकले संथापक समूह (क) तर्फका सञ्चालक विष्णु बहादुर तामाङले आफ्नो घरायसी कारण उल्लेख गरि सञ्चालक समितिको पदबाट दिएको राजीनामा समेत स्वीकृत गरेको छ । बैठकले सोही दिनदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो ।