बैंकबाट सेयरकर्जा बढ्यो, बजारमा पैसा पुग्दै पुगेनः बीचमै कहाँ गायब भयो ?
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्ला महिनाहरूमा सेयर धितो कर्जा उल्लेख्य रूपमा बढाएका छन्। तर विडम्बना, त्यही अनुपातमा नेपालको पूँजीबजारमा नयाँ पूँजी प्रवेश गरेको संकेत भने देखिएको छैन।नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा १ खर्ब ६२ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। फागुन...

