सोमबार, असार २,२०८२ 08:01:28
  • सोमबार, असार २,२०८२ 08:01:28
Global IME Bank Limited

लगानीकर्ताले सेयर धितो राखेर लिए रु.१.२४ खर्ब लोन, कुनबाट कति ?

Hyundai Nepal
लगानीकर्ताले सेयर धितो राखेर लिए रु.१.२४ खर्ब लोन, कुनबाट कति ?
Nabil Bank Limited

काठमाण्डौं । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट एक खर्बभन्दा बढी कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ९ महिनासम्म अर्थात् तेस्रो त्रैमाससम्म लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट आफ्नो स्वामित्वको सेयर धितो राखेर १ खर्ब २४ अर्ब ९ करोड रुपैयाँ बराबरको लोन लिएका हुन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४४ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म बैक वित्तीय संस्थाबाट ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको थियो ।  

बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ । लगानीकर्ताहरुले आफ्नो नाममा भएको सेयर बैंक वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर सेयर धितो राखेर लिएको कर्जा भने लगानीकर्ताले जुनसुकै प्रयोजनका लािग प्रयोग गर्न सक्नेछ । तर अधिकांश सेयर धितो कर्जा सेयर खरिदमा नै प्रयोग हुने देखिएको छ ।  

धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढेसँगै बैंक वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह बृद्धि भएको हो ।

तेस्रो त्रैमाससम्म सर्वाधिक वाणिज्य बैंकहरुबाट यस्तो कर्जा प्रवाह धेरे भएको छ । वाणिज्य बैंकहरुबाट मात्रै १ खर्ब १ अर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा ५०.४७ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुबाट ६७ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

सो अवधिसम्म एनआइसी एशिया बैंक र हिमालयन बैंकको मात्रै यस्तो लेन्डिङ घटेको छ भने बाँकी सबै बैंकको बृद्धि भएको छ । सबैभन्दा बढी नबिल बैंकबाट १४ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।  

त्यस्तै, यता विकास बैंकहरुबाट भने कुल १८ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा २२।३० प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म विकास बैंकहरुबाट १४ अर्ब ९४ करोड रुपैयाँ बराबरको मार्जिन लेन्डिङ भएको थियो ।  

विकास बैंकहरुमा ज्योति विकास बैंक र सिन्धु विकास बैंकको यस्तो कर्जा प्रवाह गत आवको तुलनामा घटेको छ भने बाँकी सबैको बृद्धि भएको छ । लगानीकर्ताहरुले सर्वाधिक मुक्तिनाथ विकास बैंकबाट यस्तो कर्जा लिएका छन् । सो अवधिसम्म बैंकबाट ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको मार्जिन लेन्डिङ भएको छ ।  

यता फाइनान्स कम्पनीहरुबाट पनि ४ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा १४।१२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

तेस्रो त्रैमाससम्म रिलायन्स फाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र पोखरा फाइनान्सको यस्तो कर्जा प्रवाह घटेको  छ भने बाँकी सबै कम्पनीको बृद्धि भएको छ । सो अवधिसम्म सबैभन्दा बढी मन्जुश्री फाइनान्सबाट ७५ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.