सोमबार, असार २,२०८२ 02:39:05
  • सोमबार, असार २,२०८२ 02:39:05
Global IME Bank Limited

सेयर धितो राखेर ऋण लिने बढे, बैंक/वित्तीय संस्थाबाट रु.१.२५ खर्ब प्रवाह

Hyundai Nepal
सेयर धितो राखेर ऋण लिने बढे, बैंक/वित्तीय संस्थाबाट रु.१.२५ खर्ब प्रवाह
Nabil Bank Limited

काठमाण्डौ । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट एक खर्बभन्दा बढी कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्म लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाबाट आफ्नो स्वामित्वको सेयर धितो राखेर १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ बराबरको लोन लिएका हुन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४६.०३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म बैक वित्तीय संस्थाबाट ८५ अर्ब ९५ करोड रुपैयाँ बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको थियो ।  

बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ । लगानीकर्ताहरुले आफ्नो नाममा भएको सेयर बैंक वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।  

तर सेयर धितो राखेर लिएको कर्जा भने लगानीकर्ताले जुनसुकै प्रयोजनका लािग प्रयोग गर्न सक्नेछ । तर अधिकांश सेयर धितो कर्जा सेयर खरिदमा नै प्रयोग हुने देखिएको छ । धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढेसँगै बैंक वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह बृद्धि भएको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो अवधिसम्म सबैभन्दा बढी वाणिज्य बैंकहरुबाट मात्रै १ खर्ब ३ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा ५३.१५ प्रतिशत बढी हो । गत आवको १० महिनासम्म वाणिज्य बैंकहरुबाट ६७  र्ब ३४ करोड रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह भएको थियो ।  

सो अवधिसम्म एनआइसी एशिया बैंकबाहेक सबै बैंकको सेयर धितो कर्जा प्रवाहमा उल्लेख्य बृद्धि भएको छ । वैशाख मसान्तसम्म सबैभन्दा बढी ग्लोबल आइएमई बैंकबाट मात्रै लगानीकर्ताहरुले सेयर धितो राखेर ११ अर्ब ५९ करोड रुपैयाँ कर्जा लिएका छन् ।  

त्यस्तै, विकास बैंकहरुबाट पनि १८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २३।१३ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म विकास बैंकहरुबाट १४ अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

सो अवधिसम्म तीन विकास बैंकको यस्तो कर्जा प्रवाह घटेको छ भने बाँकी सबैको बृद्धि भएको छ । सो अवधिसम्म सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकबाट ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।  

त्यस्तै, फाइनान्स कम्पनीहरुबाट पनि सो अवधिसम्म ४ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९।४० प्रतिशत बढी हो । गत आवको सो अवधिसम्म फाइनान्स कम्पनीहरुबाट ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।  

सो अवधिसम्म चार फाइनान्सको यस्तो कर्जा प्रवाह गत आवको तुलनामा घटेको छ भने बाँकी सबैको उल्लेख्य बढेको छ । सबैभन्दा धेरै यस्तो कर्जा प्रवाह गर्नेमा मन्जुश्री फाइनान्स रहेको छ । उक्त फाइनान्सबाट मात्रै ७५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.