नेपाल–दक्षिण अफ्रिका व्यापार र लगानी विस्तारमा चेम्बरको जोड
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तारका विषयमा छलफल भएको छ।बुधबार चेम्बर भवनमा भएको भेटमा पूर्वाधार विकास, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको...

