मातातीर्थ–स्युचाटार प्रसारण लाइन स्तरोन्नति, उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने
काठमाण्डौ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ।यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने...

