काठमाण्डौ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
उनी करिब चार महिनादेखि प्राधिकरणको कायममुकायम कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए।\
विद्युत् प्राधिकरणमै झण्डै तीन दशक बिताएका श्रेष्ठ संस्थाभित्रैबाट कार्यकारी निर्देशकको नेतृत्वसम्म पुगेका अनुभवी इलेक्ट्रिकल इन्जिनियर हुन्।
उनले सन् १९९७ अर्थात् २०५४ सालमा सातौँ तहको इन्जिनियरका रूपमा प्राधिकरणको भार प्रेषण केन्द्रबाट सेवा सुरु गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।