मंगलवार, श्रावण १९,२०८३ 07:19:04
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 07:19:04
Bizshala
Global IME Bank Limited

डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय
New Office

काठमाण्डौ । विद्युत नियमन आयोगले विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ ।

आयोगले आइतबार पन्चकन्या प्लाष्टिक र पन्चकन्या स्टिलको हकमा सुनुवाई गर्दै यससँग सम्बन्धित मागदाबी नपुग्ने निर्णय गरेको हो ।  

उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट लिएको उपभोक्तालाई बक्यौता विद्युत महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाई पाउ भनि आयोगमा निवेदन पेश गरेका थिए । सोही निवेदनमाथि आइतबार आयोगमा सुनुवाई भएको थियो ।  

प्राधिकरणकाअनुसार पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार रुपैयाँ र  पञ्चकन्या स्टिलले ५२ लाख ११ हजार रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ । 

प्राधिकरणको आग्रह बमोजिम पञ्चकन्या प्लास्टिकले ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टिलले एक लाख ८६ हजार रुपैयाँ बराबर महसुल बुझाइसकेको छ ।

नियमन आयोगले उद्योगीको मागदाबी नपुग्ने निर्णय गरेपछि प्राधिकरणलाई थप महसुल उठाउन मार्ग प्रशस्त भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.