बुधबार, आश्विन २८,२०८३ 02:40:56
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 02:40:56
Bizshala
Global IME Bank Limited

हटियामा राष्ट्रिय प्रसारण लाइन पुग्यो, अब किमाथांका जोड्ने तयारी

Bizshala
हटियामा राष्ट्रिय प्रसारण लाइन पुग्यो, अब किमाथांका जोड्ने तयारी
New Office

काठमाण्डौ । संखुवासभाको उत्तरी दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–३, हटिया राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोडिएको छ। यससँगै यसअघि लघु जलविद्युत्मा निर्भर स्थानीय बासिन्दाले अब राष्ट्रिय प्रणालीबाट थप भरपर्दो विद्युत् सेवा पाउने भएका छन्।

राष्ट्रिय प्रसारण लाइन विस्तारपछि भोटखोला गाउँपालिकाको कार्यालय र हटियास्थित अस्पतालमा थ्री फेज मिटर जडान गरी विद्युत् आपूर्ति सुरु गरिएको छ। यसबाट स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल तथा घरेलु उद्योगलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तारका लागि खटिएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, प्राविधिक तथा स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिएका छन्। राष्ट्रिय प्रणालीको विस्तारले विद्युत् आपूर्तिको विश्वसनीयता बढाउनुका साथै स्थानीय आर्थिक तथा सामाजिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अब प्राधिकरणको ध्यान चीनसँग सीमा जोडिएको किमाथांकामा राष्ट्रिय प्रसारण लाइन पुर्‍याउनेतर्फ केन्द्रित भएको छ। त्यसका लागि आवश्यक ठेक्का प्रक्रिया अघि बढिसकेको छ भने चालु आर्थिक वर्षभित्रै किमाथांकामा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति गर्ने लक्ष्य राखिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

संखुवासभाका करिब ९५ प्रतिशत घरधुरी अहिले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् सेवा उपलब्ध भइरहेको छ।

हटिया राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएसँगै भोटखोलाका बाँकी दुर्गम बस्तीमा विद्युत् विस्तारको अभियानले थप गति लिने अपेक्षा गरिएको छ। किमाथांकासम्म राष्ट्रिय लाइन पुगेमा चीनसँग सीमा जोडिएको नेपालको दुर्गम उत्तरी क्षेत्रमा विद्युत् पूर्वाधार विस्तारमा अर्को महत्वपूर्ण उपलब्धि हुनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.