विश्व क्रिकेटका चर्चित खेलाडी एनपीएल खेल्न नेपाल आउने
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विश्व क्रिकेटका चर्चित नाममध्ये एक डेभिड वार्नर नेपाल आउने भएका छन्। अस्ट्रेलियाका पूर्व कप्तानसमेत रहेका वार्नरलाई काठमान्डु गोर्खाजले अनुबन्ध गरेपछि आगामी एनपीएलको चर्चा अन्तर्राष्ट्रिय क्रिकेट वृत्तसम्म पुगेको छ।काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा भित्र्याएको पुष्टि गरेको हो।...

