विश्वकै ठूलो खाद्य कम्पनी नेस्लेले सीईओ परिवर्तन गर्दै
काठमाण्डौ । संकटसँग जुधिरहेको विश्वको सबैभन्दा ठूलो खाद्य उत्पादक कम्पनी नेस्लेले प्रमुख कार्यकारी अधिकृत(सीईओ)परिवर्तन गर्ने भएको छ । कम्पनीमा ८ वर्षदेखि सीईओको रुपमा कार्यरत स्नाइडरले सीईओ र सञ्चालक समिति सदस्यबाट राजीनामा दिने भएपछि कम्पनीले नयाँ सीईओ नियुक्त गर्न लागेको हो । कम्पनीले लउरेन्ट फ्रेक्सीलाई नयाँ सीईओ नियुक्त गर्न लागेको हो ।