बिहीबार, असार १८,२०८३ 10:47:30
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:47:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आइसक्रिम व्यवसायबाट धमाधम अलग्गिदै विश्वका कम्पनीहरु, नेस्लेले पनि चाल्यो कदम

Laxmi Sunrise Bank Limited
आइसक्रिम व्यवसायबाट धमाधम अलग्गिदै विश्वका कम्पनीहरु, नेस्लेले पनि चाल्यो कदम

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो खाद्य तथा पेय कम्पनी नेस्लेले आफ्नो आइसक्रिम व्यवसाय बेच्ने तयारी गरेको छ। कम्पनीले आइसक्रिम पोर्टफोलियो फ्रोनेरीसँगको संयुक्त उद्यममा हस्तान्तरण गर्ने छलफलमा रहेको पुष्टि गरेको छ।

यस अन्तर्गत हागेन–डाज र ड्रमस्टिक जस्ता प्रतिष्ठित ब्रान्डहरू छन्, जसको कुल मूल्य करिब १.३ बिलियन अमेरिकी डलर रहेको छ। नेस्लेका नयाँ सीईओ फिलिप नवरतिलले पदभार सम्हाल्दै कम्पनीको छरपस्ट व्यवसाय संरचना समेट्ने निर्णय गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

आइसक्रिम ब्रान्डहरू कम्पनीको मुख्य व्यवसायका लागि विचलन बनेका थिए। अब नेस्लेले आफ्नो सम्पूर्ण ध्यान चार प्रमुख क्षेत्रहरूमा केन्द्रित गर्नेछ— कफी, पेट केयर, पोषण, र स्न्याक्स।

नवरतिलले भने, ‘यी ब्रान्डहरूलाई फ्रोनेरी जस्ता विशेषज्ञ कम्पनीहरूले जुन गतिमा बढाउन सक्छन्, त्यस्तो गति हामीले दिन सक्दैनौं।’ कम्पनीले लागत घटाउन एआई र अटोमेशनको प्रयोग गर्दै विश्वभरि करिब १६ हजार रोजगारी घटाउने योजना पनि बनाएको छ।

अन्य कम्पनीहरूले पनि पछाडि हटे

नेस्ले मात्र होइन, विश्वभरका एफएमसीजी तथा डेयरी दिग्गजहरूले पनि आइसक्रिम व्यवसायबाट दूरी कायम गर्दैछन्। यूनिलीवरले डिसेम्बरमा आफ्नो प्रसिद्ध आइसक्रिम डिभिजन म्याग्नम अलग गरेको थियो।

अमेरिकी कम्पनी जनरल मिल्सले आफ्नो आइसक्रिम युनिट लैक्टालिसलाई बिक्री गरिसकेको छ। यस्तै विश्वकै सबैभन्दा ठूलो डेयरी निर्यातक फोंटेराले पनि आफ्नो ग्लोबल कन्ज्युमर र आइसक्रिम व्यवसाय बिक्री प्रक्रियामा राखेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

किन आइसक्रिम व्यवसाय गाह्रो भयो ?

विश्लेषकहरूका अनुसार आइसक्रिम व्यवसाय जटिल कोल्ड–चेन, उच्च बिजुली खपत, र मौसममा निर्भरताका कारण चुनौतीपूर्ण बनेको छ। चिनी कर र स्वास्थ्य नियमका कारण समेत कम्पनीहरु आइसक्रिम व्यवसायबाट अलग हुन खोजिरहेका छन् ।  

बढ्दो ‘सुगर ट्याक्स’ र अस्वस्थकर उत्पादनहरूमा कडाइका कारण कम्पनीहरू पौष्टिक र प्लान्ट–बेस्ड उत्पादनतर्फ अग्रसर भएका छन्।

आइसक्रिमको वास्तविक मुनाफा १०–१४ प्रतिशत मात्र हुने हुँदा, २०–२५ प्रतिशत मार्जिन हुने ब्यूटी तथा पर्सनल केयर उत्पादनसँग तुलना गर्दा कम आकर्षक छ।

माइनस १८ डिग्री सेल्सियस वा कम तापक्रममा उत्पादन तथा वितरण आवश्यक पर्नाले विशेष फ्रीजर, ट्रक र गोदामको उच्च खर्च उत्पन्न हुन्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.