बिहीबार, असार १८,२०८३ 07:20:30
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:20:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेस्लेले १६ हजार कर्मचारी निकाल्ने, सेयरमूल्यमा उछाल

Laxmi Sunrise Bank Limited
नेस्लेले १६ हजार कर्मचारी निकाल्ने, सेयरमूल्यमा उछाल

काठमाण्डौ । खाद्य वस्तुहरु उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी नेस्लेले १६ हजार कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । यसबारे कम्पनीका नवनियुक्त सीईओ फिलिप नाभातिलले बिहिबार जानकारी दिएका हुन् ।  

कम्पनीको सञ्चालन प्रभावकारीता बढाउन पहिलो चरणमा तल्लो तहमा १२ हजार र आगामी दुई वर्षभित्र थप ४ हजार कर्मचारीलाई निकालिने उनले बताए ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीका यसअघिका सीईओ लाउरेन्ट फ्रेईक्सीको कार्यकालमा समेत कम्पनीले २.५ बिलियन डलरको खर्च कटौती अभियान घोषणा गरेको थियो । जुन अब बढाएर सन् २०२७ सम्म ३ बिलियन डलरमा पुर्याइने भएको छ ।

कम्पनीको कर्मचारी कटौतीको घोषणासँगे सेयरमूल्यमा उछाल आएको छ । यो खबर प्रकाशित भएसँगै कम्पनीको सेयरमूल्य ९ प्रतिशत बढीले बढेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.