प्रभु बैंकद्वारा सातै प्रदेशमा रक्तदान, ३२१ पिन्ट रगत संकलन
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले प्राकृतिक प्रकोप तथा बाढीका कारण घाइते भएकालाई रगतको अभाव हुन नदिन देशव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको छ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा मंगलबार सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको हो।कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा बैंकको केन्द्रीय कार्यालय...

