शुक्रबार, कार्तिक १३,२०८३ 09:39:02
  • शुक्रबार, कार्तिक १३,२०८३ 09:39:02
Global IME Bank Limited

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई रुस्काज ब्यूटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट

Bizshala
प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई रुस्काज ब्यूटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट
New Office

 

 काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई काठमाडौंको कमलादीस्थित रुस्काज ब्यूटी स्टुडियोमा सौन्दर्यसम्बन्धी विभिन्न सेवामा विशेष छुट उपलब्ध हुने भएको छ।

प्रभु बैंक र रुस्काज ब्यूटी स्टुडियोबीच बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्य सेवामा छुट प्रदान गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले स्टुडियोबाट उपलब्ध हुने हेयर कटिङ, थ्रेडिङ, हेयर केमिकल, फेसियल तथा स्किन ट्रीटमेन्ट, नेल, म्यानिक्योर–पेडिक्योर, वाक्सिङ, मेकअप तथा मेकअप प्याकेज र कस्मेटिक तथा स्किन केयर उत्पादनमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

त्यस्तै, प्रभु बैंकका कर्मचारीले सोही सेवामा ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

छुट सुविधा लिन बैंकका ग्राहकले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा विद्युतीय भुक्तानी प्रणालीमध्ये कुनै एकमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकका कर्मचारीले भने प्रभु बैंकको कर्मचारी परिचयपत्रसमेत प्रस्तुत गर्नुपर्नेछ।

सम्झौतामा रुस्काज ब्यूटी स्टुडियोका प्रमुख कार्यकारी अधिकृत रुस्का वैद्य श्रेष्ठ तथा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत (सीपीओ), बागमती प्रदेश–३ का प्रचिता श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा प्रभु बैंक कमलादी शाखाका अधिकृत राधा गुरुङ तथा रुस्काज ब्यूटी स्टुडियोका प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको पनि उपस्थिति थियो।

यस सम्झौतामार्फत बैंकका ग्राहक तथा कर्मचारीलाई सौन्दर्य सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्य रहेको प्रभु बैंकले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.