आईतवार, बैशाख ७,२०८२ 04:45:21
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 04:45:21
IME remit
Global IME Bank Limited

प्रभु बैंकका कर्मचारी र ग्राहकले बुद्व एयरमा आकर्षक छुट पाउने

Hyundai Nepal
प्रभु बैंकका कर्मचारी र ग्राहकले बुद्व एयरमा आकर्षक छुट पाउने
Nabil Bank Limited

काठमाण्डौ। प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ। बिहीबार एक समारोहकाबीच प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लालले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्व एयरको उपलब्ध सेवामा ८% छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बुद्व एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ। 

Shivam Cement
Bizshala
CG Motors

२०५३ बैशाख ११ गते स्विकृति प्राप्त गरी २०५४ असोज २५ गते बाट उडान सुरु गरेको बुद्व एयरले हालसम्म आन्तरिक उडानको साथसाथै भारतको बनारससम्म पनि आफ्नो सेवा विस्तार गरेको छ। 

ग्राहकहरुको रोजाईमा अग्रणी बैंकको रुपमा रहेको तथा हाल सालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । 

साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर-२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ। 

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.