सोमबार, आश्विन ५,२०८३ 04:53:55
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 04:53:55
Bizshala
Global IME Bank Limited

प्रभु बैंकको प्रवासी नेपालीलक्षित घर कर्जा, ३ करोडसम्म ऋण र २५ वर्ष अवधि

प्रभु बैंकको प्रवासी नेपालीलक्षित घर कर्जा, ३ करोडसम्म ऋण र २५ वर्ष अवधि
New Office

 

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विदेशमा काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ।

बैंकका अनुसार योजनामार्फत प्रवासी नेपालीलाई घर तथा जग्गा खरिद, घर निर्माण तथा मर्मतलगायत आवश्यकताका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा उपलब्ध गराइनेछ।

नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बैंकले विदेशबाट आउने रकमलाई औपचारिक बैंकिङ प्रणालीमार्फत परिचालन गरी निक्षेप विस्तार तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउने उद्देश्यसमेत योजनाले राखेको जनाएको छ।

बैंकका अनुसार प्रवासी नेपालीको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्नुका साथै उनीहरूलाई घर तथा जग्गा खरिदका लागि वित्तीय स्रोतमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको हो। यसबाट बैंकसँग दीर्घकालीन ग्राहक सम्बन्ध विस्तार हुने अपेक्षासमेत गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

३ करोडसम्म कर्जा, अवधि २५ वर्ष

योजनाअन्तर्गत घर कर्जाको अधिकतम सीमा ३ करोड रुपैयाँसम्म कायम गरिएको छ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ।

बैंकले कर्जाको सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरेको छ। यो सुविधा देशभरका ३०० शाखामार्फत उपलब्ध गराइने बैंकले जनाएको छ।

योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि कर्जा लिन सकिनेछ।

सन्तानको अध्ययनका लागि शैक्षिक कर्जासमेत

प्रभु बैंकले योजनामा सहभागी ग्राहकलाई बढीमा दुई जना सन्तानको नेपाल वा विदेशमा अध्ययनका लागि शैक्षिक कर्जाको सुविधा पनि दिने जनाएको छ।

उक्त शैक्षिक कर्जामा औसत आधार दरमा थप १ प्रतिशत प्रतिवर्ष ब्याजदर कायम हुनेछ। साथै, कर्जा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट र पहिलो वर्ष निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा उपलब्ध गराइनेछ।

बैंकले विदेशमा कार्यरत तथा बसोबास गर्ने नेपालीलाई आफ्नो तथा परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माण वा खरिदमा वित्तीय सहयोग पुर्‍याउने विश्वास लिएको छ।

साथै, प्रवासी नेपालीबाट आउने विप्रेषणलाई औपचारिक माध्यमबाट परिचालन गर्दै निक्षेप अभिवृद्धि, उत्पादनशील कर्जा प्रवाह तथा दीर्घकालीन ग्राहक सम्बन्ध विस्तारमा योगदान पुग्ने बैंकको अपेक्षा छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.