आईतवार, बैशाख ७,२०८२ 04:45:25
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 04:45:25
IME remit
Global IME Bank Limited

तेह्रथुम र धनकुटामा प्रभु बैंकको शाखा विस्तार

Hyundai Nepal
तेह्रथुम र धनकुटामा प्रभु बैंकको शाखा विस्तार
Nabil Bank Limited

काठमाण्डौ। प्रभु बैंक लिमिटेडले तेह्रथुम र धनकुटामा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नं. १ मा ३०८औं र धनकुटा नगरपालिका वडा नं.७ स्थित हुलाक टोलमा ३०९औं शाखा विस्तार गरी दुबै शाखाबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। शाखा आइतबारदेखि सञ्चालनमा आएको प्रभु बैंकले जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा विस्तार गरी सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्दै आएको छ। प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ।

बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।यस्तै, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको र हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित  भएको छ।

नेपालभर ३०९ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। जसमा छोटो समयको अन्तरालमै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.