बिहीबार, आश्विन ३,२०८१ 07:14:10
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:14:10
IME remit
Global IME Bank Limited

प्रभु बैंकको एकै दिन ४ वटा शाखा सञ्चालन

Hyundai Nepal
प्रभु बैंकको एकै दिन ४ वटा शाखा सञ्चालन
Nabil Bank Limited

काठमाण्डौ। संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ प्रभु बैंक लिमिटेडले बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं.७, बोवाङ, निसीखोला गाउँपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे गरी ४ वटा शाखा कार्यालय आजदेखि सञ्चालनमा ल्याएको छ। 

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

उक्त शाखाहरुको उद्घाटन बैंकका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका हुन्। कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनितिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

आजदेखि सञ्चालनमा आएका बैंकका बोवाङ शाखा, निसी शाखा, खरबाङ शाखा, र भिमगिठे शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उद्यमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र तीन वटा गाउँपालिकको  मात्र नभई देशको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ। 

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको प्रभु बैंकले हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित भएको छ। नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवाप्रवाहगरिरहेको प्रभु बैंकले अत्याधुनिकप्रविधिमार्फत गुणस्तरीय सेवाप्रवाहगर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.