पिपुल्स हाईड्रोपावरले दुई कम्पनीमा करिब ७५ करोड रुपैयाँ लगानी गर्ने
काठमाण्डौ । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो लगानीयोग्य मौज्दात रकमबाट दुई कम्पनीमा करिब ७५ करोडरुपैयाँ बराबरको रणनीतिक लगानी गर्ने निर्णय गरेको छ।कम्पनीको सञ्चालक समितिको असार १९ गते साँझ साढे ५ बजे बसेको बैठकले कम्पनीको प्रबन्धपत्रको दफा ५(ङ) बमोजिम उक्त निर्णय गरेको हो।निर्णयअनुसार कम्पनीले निर्माणाधीन न्यादी फिदी जलविद्युत आयोजना (२१.४ मेगावाट)...

