आईतवार, कार्तिक १,२०८३ 08:55:54
  • आईतवार, कार्तिक १,२०८३ 08:55:54
Global IME Bank Limited

पिपुल्स हाईड्रोपावरले दुई कम्पनीमा करिब ७५ करोड रुपैयाँ लगानी गर्ने

Bizshala
पिपुल्स हाईड्रोपावरले दुई कम्पनीमा करिब ७५ करोड रुपैयाँ लगानी गर्ने
New Office

काठमाण्डौ । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो लगानीयोग्य मौज्दात रकमबाट दुई कम्पनीमा करिब ७५ करोडरुपैयाँ बराबरको रणनीतिक लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिको असार १९ गते साँझ साढे ५ बजे बसेको बैठकले कम्पनीको प्रबन्धपत्रको दफा ५(ङ) बमोजिम उक्त निर्णय गरेको हो।

निर्णयअनुसार कम्पनीले निर्माणाधीन न्यादी फिदी जलविद्युत आयोजना (२१.४ मेगावाट) प्रवर्द्धन गरिरहेको कम्पनीको ५ लाख कित्ता साधारण शेयर खरिद गर्ने भएको छ। प्रतिकित्ता १०० रुपैयाँका दरले हुने यस लगानीको कुल मूल्य ५० करोड रुपैयाँ हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त आयोजना लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका (साविक बाहुनडाँडा र भुलभुले) क्षेत्रमा निर्माणाधीन रहेको छ। कम्पनीले विद्युत विकास विभागबाट आवश्यक सर्वेक्षण तथा उत्पादन अनुमति प्राप्त गरिसकेको छ भने सन् २०२७ नोभेम्बरसम्म व्यापारिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको जनाएको छ। आयोजनाको निर्माण कार्य सन्तोषजनक रूपमा अगाडि बढिरहेको मूल्यांकनपछि लगानी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, पिपुल्स हाईड्रोपावरले कृषि तथा वनपैदावर क्षेत्रमा क्रियाशील जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड मा पनि लगानी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १२५ रुपैयाँका दरले २ लाख कित्ता शेयर खरिद गर्ने निर्णय गरेको छ, जसको कुल लगानी २५ करोड रुपैयाँ हुनेछ।

जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले झापा, अर्घाखाँची, लमजुङ, पर्वत लगायतका जिल्लामा कृषि उत्पादन गर्दै आएको छ। कम्पनीले आफ्नै ‘माटो’ ब्रान्ड र ‘आशापुरी अर्गानिक फार्म’ मार्फत उत्पादनको बजारीकरण गरिरहेको तथा निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारीमा रहेको जनाइएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.