पेट्रोलियम आयात कुल निर्यातभन्दा बढी, व्यापार घाटा झनै बढ्दो
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मुलुकको पेट्रोलियम पदार्थ आयात निर्यात आम्दानीभन्दा बढी देखिएको छ। भन्सार विभागका अनुसार यस अवधिमा मुलुकको निर्यात २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने पेट्रोलियम पदार्थको आयात मात्रै २ खर्ब ९७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ बराबर भएको छ। यसरी पेट्रोलियम आयात निर्यातभन्दा करिब २० अर्ब रुपैयाँ बढी देखिएको...

