आठ महिनामा काँकडभिट्टा नाकाबाट १२.६४ अर्बको पेट्रोलियम आयात
काठमाण्डौ । काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा १२ अर्ब बढी मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ तथा मट्टितेल गरी कुल १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।