बुधबार, असार ३२,२०८२ 12:52:08
  • बुधबार, असार ३२,२०८२ 12:52:08
Global IME Bank Limited

पेट्रोलियम ढुवानी चालकहरूसँग वार्ता सुरु, आजै टुंगो लगाउने तयारी

Hyundai Nepal
पेट्रोलियम ढुवानी चालकहरूसँग वार्ता सुरु, आजै टुंगो लगाउने तयारी
Shivam Cement

काठमाण्डौ । सरकारले आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरूसँग वार्ता थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरूसँग छलफल सुरू भएको हो।  

उक्त छलफल वाणिज्य तथा आपूर्ति सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा सुरू भएको हो ।  ट्यांकर चालकहरू ७ बुँदे माग राख्दै शनिबारदेखि  आन्दोलनमा होमिएका छन् । आन्दोलनका कारण अधिकांश निजी पेट्रोल पम्पहरु बन्द हुँदा आम सर्वसाधारणले सास्ती पाएका छन् ।  

छलफलमा मन्त्रालयका सह–सचिव, निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट लगायत अन्य प्रतिनिधि र चालकहरू सहभागी छन्। चालकका मागहरुको बारेमा आज ने सम्बोधन हुनेगरी निष्कर्षमा पुग्ने बताइएको छ ।  

Muktinath Bikas Bank Limited

ट्यांकर चालकहरुले सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने,चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने,चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने,श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने,स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने जस्ता ७ बुृँदे माग राखेका छन् । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.