काठमाण्डौ । काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा १२ अर्ब बढी मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ तथा मट्टितेल गरी कुल १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।
यो रकम गत आवको सोही अवधिको तुलनामा ६४ करोड १७ लाख ५९ हजारले कम हो । गत आवको आठ महिनामा यो नाका भएर १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । यो अवधिमा पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व भने बढेको छ ।
चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट ६ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।