बुधबार, चैत्र २०,२०८१ 02:33:19
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:33:19
IME remit
Global IME Bank Limited

वीरगञ्ज नाकाबाट चालु आवको ७ महिनामा १ खर्ब ४ अर्बबराबरको पेट्रोलियम पदार्थ आयात

Hyundai Nepal
वीरगञ्ज नाकाबाट चालु आवको ७ महिनामा १ खर्ब ४ अर्बबराबरको पेट्रोलियम पदार्थ आयात
Nabil Bank Limited

काठमाण्डौ । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा यो नाफा हुँदै डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको हो ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८४ करोड बढी हो । चालु आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजश्व दुवै वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनामा ५१ अर्ब ७९ करोड रुपैयाँ बराबरको पाँच लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सात महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

यो अवधिमा २२ अर्ब १४ करोड रुपैयाँ मूल्य बराबरको २ लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आर्थिक वर्षको सात महिनाको अवधिमा १ खर्ब तीन अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.