सोमबार, श्रावण १८,२०८३ 10:04:36
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:04:36
Bizshala
Global IME Bank Limited

वीरगञ्ज नाकाबाट चालु आवको ७ महिनामा १ खर्ब ४ अर्बबराबरको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज नाकाबाट चालु आवको ७ महिनामा १ खर्ब ४ अर्बबराबरको पेट्रोलियम पदार्थ आयात
New Office

काठमाण्डौ । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यो अवधिमा यो नाफा हुँदै डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको हो ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८४ करोड बढी हो । चालु आर्थिक वर्षको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजश्व दुवै वृद्धि भएको छ । चालु आर्थिक वर्षको ७ महिनामा ५१ अर्ब ७९ करोड रुपैयाँ बराबरको पाँच लाख ८१ सात सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सात महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।  

यो अवधिमा २२ अर्ब १४ करोड रुपैयाँ मूल्य बराबरको २ लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको सात महिनाको अवधिमा १ खर्ब तीन अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.