सवारी प्रदूषण नियन्त्रणका लागि नयाँ मापदण्ड लागू हुँदै, पुराना र नयाँका लागि छुट्टाछुट्टै व्यवस्था
काठमाण्डौ । सरकारले सडकमा चल्ने सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न नयाँ उत्सर्जन मापदण्ड स्वीकृत गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले ‘प्रयोगमा रहेका सवारी साधनबाट उत्सर्जन हुने प्रदूषणको सीमा सम्बन्धी मापदण्ड, २०८३’ लागू गर्ने निर्णय गरेको हो।नेपाल राजपत्रमा सूचना प्रकाशित भएको ९१ दिनपछि मापदण्ड पूर्ण रूपमा लागू हुनेछ। यसले पुराना र नयाँ सवारीका लागि...

