काठमाण्डौ । सरकारले काठमाण्डौ बाहिर जाने र भित्रने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने निर्णय गरेको छ । शुक्रबार गृह मन्त्रालयमा बसेको सरोकारवालासहितको बैठकले यस्तो निर्णय गरेको हो ।
टिकट सिस्टम अनिवार्य गर्दा यात्रुको लागत राख्न र यात्रुको नाम थाहा पाउन सजिलो हुने भएकाले यो नियम लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
यस्तै सरकारले रात्रि बस सञ्चालन व्यवस्थित बनाउन रेड एड्भाइजरी जारी गर्ने र मौसम प्रतिकूल भएका जिल्लामा रात्रकालीन बस चलाउन तीन दिनको मौसम पूर्वानुमान हेरेर सवारी चलाउने समेत निर्णय गरेको छ ।