विदेशमा बसेरै भोट हाल्न पाउने बाटो खुल्यो, राष्ट्रियसभाबाट विधेयक पारित
काठमाण्डौं । विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम चाल्दै राष्ट्रियसभाले ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरेको छ । आइतबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएको उक्त विधेयक बहुमतले अनुमोदन गरेसँगै नेपाली निर्वाचन प्रणालीमा नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ ।

