बुधबार, श्रावण ६,२०८३ 06:10:33
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:10:33
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्रीकोे सीमा अभिव्यक्तिबारे विवाद चुलिँदा राष्ट्रियसभा फेरि अवरुद्ध

प्रधानमन्त्रीकोे सीमा अभिव्यक्तिबारे विवाद चुलिँदा राष्ट्रियसभा फेरि अवरुद्ध
New Office

काठमाण्डौँ । प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रियसभामा जारी राजनीतिक विवाद आज पनि कायम रहँदा बैठक अवरुद्ध भएको छ।  

बैठक शुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आशनबाट उठेर नाराबाजी गरेपछि कार्यवाही अघि बढ्न सकेन।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले सीमा समस्या कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा राख्दै दुवै देशतर्फ सीमासम्बन्धी अतिक्रमण भएको टिप्पणी गरेका थिए।

उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले लगातार विरोध जनाइरहेका छन्।  

उनीहरूले प्रधानमन्त्रीको भनाइलाई संवेदनशील विषयमा गैरजिम्मेवार भएको भन्दै संसदमा स्पष्टिकरणको मागसमेत गरेका छन्।

 

विवाद चर्किँदै जाँदा यसअघि पनि राष्ट्रियसभाका दुई बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएका थिए।  

 

आजको बैठक पनि सोही कारण प्रभावित बनेको हो।

 

संसदमा निरन्तर देखिएको अवरोधका कारण विधायन प्रक्रिया अघि बढ्न नसक्दा नियमित संसदीय कामकारबाही ठप्पजस्तै बनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.