राष्ट्रिय बीमा कम्पनीले डाक्यो साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा डाकेको हो । बैठकले यही असार २९ गते काठमाण्डौको शंङ्खमुलमा रहेको अनमोल क्याटरिङ सर्भिसेसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।