बुधबार, आश्विन २,२०८१ 06:56:24
IME remit
  • बुधबार, आश्विन २,२०८१ 06:56:24
IME remit
Global IME Bank Limited

राष्ट्रिय बीमा कम्पनीले एकै वर्ष ६ आवको साधारण सभा गर्दै, पूँजी वृद्धिको पनि तयारी

Hyundai Nepal
राष्ट्रिय बीमा कम्पनीले एकै वर्ष ६ आवको साधारण सभा गर्दै, पूँजी वृद्धिको पनि तयारी
Nabil Bank Limited

काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले चुक्तापूँजी वृद्धि गर्ने प्रक्रिया अघि सारेको छ । लामो समयसम्म साधारण सभा गर्न नसकेको कम्पनीले ६ आर्थिक वर्षको साधारण सभा चालु आर्थिक वर्षभित्र सकाउने योजना बनाएको छ ।  

चालु आर्थिक वर्षभित्रै तीन/तीन आवको साधारण सभा दुई चरणमा गरी यस वर्षभित्रै सकाउने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.शिवहरी श्रेष्ठले बताए । कम्पनीले आव २०७३/०७४ देखिको साधारण सभा गर्न बाँकी छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

श्रेष्ठका अनुसार आव २०७३/०७४ देखि आव २०७५/७६ सम्मको वित्तीय विवरण नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएको खण्डमा कम्पनीले दशैं अगाडी नै साधारण तीन आवको साधारण सभा गर्न सक्नेछ ।  

‘आव २०७३/७४ को वित्तीय विवरण बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको छ भने ७४/७५ वित्तीय विवरण स्वीकृत हुने अन्तिम चरणमा छ, अबको केही दिनमा नै सो आवको वित्तीय विवरण पनि स्वीकृत हुनेछ’ उनले भने, ‘उक्त विवरण पनि स्वीकृत भएपश्चात् कम्पनीले तत्कालै आव २०७५/७६ को वित्तीय विवरण प्राधिकरणमा पेश गर्न योजना बनाएको छ, उक्त विवरण पनि चाँडै स्वीकृत भएमा दशैं अगाडी नत्र तिहार अगाडी तीन आवको साधारण सभा गर्ने कम्पनीको योजना छ ।’

बाह्य लेखापरीक्षणको कार्य ढिलाई हुँदा कम्पनीको वित्तीय विवरण समयमै प्राधिकरणमा पेश हुन नसकेको श्रेष्ठले बताए । ‘हामीले सक्दो चाँडो गर्ने प्रयास गरेका छौं, तरपनि बाह्य लेखापरीक्षणको कार्यमा केही ढिला हुँदा समयमै वित्तीय विवरण पेश गर्न सकिरहेका छैनौं, तर अब बाँकी रहेको आर्थिक वर्षहरुको लेखापरीक्षणको कार्य समयमै सकाएर प्राधिकरणमा पेश गर्नेछौं’ उनले भने, ‘चालु आवको असार मसान्तभित्र आव २०७८/७९ सम्म गरी ६ वटा आर्थिक वर्षको साधारण सभा सकाउने कम्पनीले योजना बनाएको छ ।’

साधारण सभामार्फत कम्पनीले चुक्तापुँजी बृद्धिको योजना अघि सार्ने श्रेष्ठले बताए । ‘प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन निर्देशन दिएबमोजिम राष्ट्रिय बीमा कम्पनीले पनि न्यूनतम चुक्ता पुँजी पर्याउने तयारीका साथ काम गरिरहेको छ’ उनले भने, ‘कम्पनीको पुँजीबृद्धि सम्बन्धि काम बोर्डले गर्ने हो, त्यसका लागि बोर्ड बैठकबाट समेत पुँजी बृद्धि गर्ने योजना बनिरहेको छ ।’

राष्ट्रिय बीमा कम्पनीसँग पुँजी बृद्धि गर्न क्षमता तथा विभिन्न माध्यम रहेको श्रेष्ठको दाबी छ । ‘राष्ट्रिय बीमा कम्पनीसँग पुँजी बृद्धि गर्ने क्षमता छ, तर कुन माध्यमबाट पुँजी बढाउने भन्ने कुरा निर्णय भइसकेको छैन, यसका लागि नेपाल बीमा प्राधिकरण र अर्थमन्त्रालयसको समेत स्वीकृति चाहिने भएकाले कम्पनीको पुँजी बृद्धिमा ढिलाई हुन पुगेको हो’ उनले भने, ‘सम्भवत कम्पनीले बोनस सेयर र राईट सेयर बितरणको माध्यमबाट पुँजी पुराउने योजना अघि सार्न सक्दछ, तर यसका लागि अर्थमन्त्रालय, बीमा प्राधिकरण र धितोपत्र बोर्ड जस्ता नियामकहरुको समेत स्वीकृति आवश्यक पर्दछ ।’

बीमा प्राधिकरणले तोकेको साढे दुई अर्ब चुक्ता पुँजी पुराउन कम्पनीले बोनस शेयर बितरण गर्ने योजना नै अघि सार्न सक्ने कम्पनीका एक बोर्ड सदस्यको भनाई रहेको छ । ‘आर्थिक बर्ष २०७१–०७२ देखि आव २०७३÷०७४ सम्मको तीन आवको संचित मुनाफाबाट १२० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेर पनि कम्पनीले संचित गरी रिजर्भ फण्डमा राखेको छ’ ती सदस्यले भने, ‘त्यसैगरी आव २०७५÷०७६ सम्मको तीन आवको मुनाफाबाट सो भन्दा पनि बढी बोनस सेयर वितरण गर्न सक्ने संचित मुनाफा कम्पनीसँग भएकाले बोनस सेयर वितरण बाहेक पुँजी पुराउने अर्को विकल्प रहन सक्दैन ।’

 स्रोतका अनुसार आव २०७१/०७२ देखि आव २०७३/०७४ सम्मको तीन आवको साधारणसभाबाट १२० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव गरिएपनि प्राधिकरणले तोकेको पुँजी नपुग्ने भएपछि आव २०७५/०७६ सम्मको थप तीन बर्ष सहित ६ आवको साधारणसभा गरेर पुँजी पुराउने भन्दै गत बर्ष आव २०७२/७३ सम्मको साधारण सभा मुनाफा बितरण नगरिकनै सम्पन्न गरेको थियो ।  

आर्थिक बर्ष २०७५/०७६ सम्मको ६ बर्षको संचित मुनाफाबाट कम्पनीले ३०० प्रतिशत भन्दापनि बढी बोनस सेयर बितरण गर्न सक्ने क्षमता रहेको ती सदस्यले बताए । ‘जम्मा २६ करोड मात्र चुक्ता पुँजी भएको राष्ट्रिय बीमा कम्पनीको ३०० प्रतिशत बोनस सेयर बितरण गरेर पनि बीमा प्राधिकरणले तोकेको साढे दुई अर्बको चुक्ता पुँजी भने अझै पुग्न सक्दैन’ उनले भने ।  

कम्पनीले आर्थिक बर्ष २०७५/०७६ सम्मको ६ बर्षको संचित मुनाफाबाट बोनस सेयर वितरण गरेपछि बीमा प्राधिकरणले तोकेको पुँजी पुराउन राईट सेयर जारी गर्न सक्ने ती सदस्यले बताए । उनका अनुसार आर्थिक बर्ष २०७५/०७६ सम्मको ६ बर्षको संचित मुनाफा र बोनस सेयरबाट पुँजी पुराईसकेपछि पनि कम्पनीले आर्थिक बर्ष २०७६/०७७ देखि आर्थिक बर्ष २०७८/०७९ सम्मको तीन आवको संचित मुनाफाबाट करिब ३०० प्रतिशत हाराहारीमै मुनाफा बितरण गर्ने क्षमता राख्दछ ।

कम्पनीका सीइओ श्रेष्ठले भने मुनाफा वितरणको निर्णय गर्ने अधिकार बोर्डको भएकाले अहिले नै कुन बर्षसम्म कति भनेर भन्न नसकिने बताए ।  ‘कम्पनीको साधारणसभा समयमै नभएका कारण मुनाफा वितरण गर्न नसकिएको बिषय अब भने बाँकी रहँदैन’ उनले भने, ‘जहाँसम्म मुनाफा बितरणको बिषय छ संचित मुनाफा लगायतका सवै आर्थिक बिवरण पारदर्शी रुपमा समयमै सार्वजनिक भएकाले यस बिषयलाई सवैले सहजै अनुमान लगाउन सक्दछन् ।’        

राष्ट्रिय बीमा कम्पनी निर्जिवन बिमा कम्पनीहरु मध्यकै सबैभन्दा थोरै चुक्ता पुँजी भएको तर सबैभन्दा धेरै संचित मुनाफा भएको कम्पनी हो । दश बर्षदेखि रोकिएका साधारणसभा सम्पन्न गरी कम्पनीलाई नियमित, सूचारु र ब्यवस्थित बनाउनका लागि अर्थमन्त्री बिष्णु पौडेलले नै सबै सरोकारवालाहरुलाई यस अघि नै निर्देशन दिईसकेको स्रोतले जनाएको छ ।

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.