शुक्रबार, असार १३,२०८२ 01:24:20
  • शुक्रबार, असार १३,२०८२ 01:24:20
Global IME Bank Limited

राष्ट्रिय बीमा कम्पनीद्वारा साधारण सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव

Hyundai Nepal
राष्ट्रिय बीमा कम्पनीद्वारा साधारण सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीको मंसिर २७ गतेृ बसेको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको छ । बैठकले आगामी पुस २४ गते काठमाण्डौको शंङ्खमुलमा रहेको अनमोल क्याटरिङ सर्भिसेसमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने र महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को नियुक्ति एवं पारिश्रमिक पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एवं पारिश्रमिक समर्थन गर्ने, सञ्चालकहरूको आर्थिक वर्ष २०७३/२०७४ र २०७४/७५ को बैठक भत्ता एवं सुविधा अनुमोदन गर्ने र सञ्चालकहरूको बैठक भत्ता प्रतिबैठक ६ हजार तथा सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक १२ हजार प्रदान गर्ने प्रस्ताव स्वीकृत गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि पुस १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.