सालपा विकास बैंकको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाण्डौ । सालपा विकास बैंकको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको छ । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जनाले आवेदन दिएका छन् । यसमध्ये २२ लाख ६५ हजार ९५५ कित्ता सदर भएको छ ।

